समाचार

अमेरिकाले १३४ वर्षपछि ग्रीनकार्ड दिने, ४ लाख भारतीयहरूको ग्रिनकार्ड अगावै स्वर्गबास हुनेछ

अमेरिकामा बसोबास गर्ने ११ लाख भारतीय नागरिकहरू अहिले ग्रीनकार्डको पर्खाइमा छन् । अमेरिकी थिंक ट्याङ्क संस्था क्याटो इन्स्टिट्युटको प्रतिवेदनअनुसार अमेरिकामा रोजगारीका क्रममा पुगेका भारतीय नागरिकहरूले ग्रीनकार्डको लागि आवेदन दिएका छन्, ग्रीनकार्डका लागि आवेदन दिने भारतीयको संख्या ११ लाख पुगेको छ ।

अमेरिकामा ग्रीनकार्ड भनेको स्थायी बसोबास अनुमतिपत्र हो, ग्रीनकार्ड पाएको पाँच वर्षपछि मात्र अमेरिकाको नागरिकता पाउन सकिन्छ । प्रतिवेदनअनुसार ग्रीनकार्डको लागि आवेदन दिने ११ लाखमध्ये ४ लाख मानिसहरू भने ग्रीनकार्ड नपाउँदै स्वर्गबास हुनेछन् ।

अमेरिकी थिंक ट्याङ्क क्याटो इन्स्टिट्युटले आफ्नो प्रतिवेदनमा परिवार प्रायोजित प्रणाली अन्तर्गत करिब ८३ लाख ग्रीनकार्ड आवेदन यतिबेला विचाराधीन रहेको बताएको छ ।

इन्स्टिट्युटका अनुसार अमेरिकी सरकारले १ सय ३४ वर्षसम्मका लागि ती आवेदनहरू विचाराधीन अवस्थामा राखिदिएपछि ४ लाख भारतीयहरूले ग्रीनकार्ड नपाएरै स्वर्गबास हुनुपर्ने अवस्था भएको हो ।

अमेरिकामा विज्ञान, प्रविधि र इन्जिनियरिङका क्षेत्रमा काम गर्ने अधिकांश भारतीय र चिनियाँ नागरिक छन् । तर, हरेक वर्ष थोरैले मात्र ग्रीनकार्ड पाउँछन् । ग्रीनकार्डका लागि भारतीयहरूको बढ्दो प्रतीक्षा प्रमुख समस्या बनेको छ।

प्रतिवेदनका अनुसार अमेरिकामा नागरिकता लिन लगभग असम्भव भएको छ । दैनिक भास्करको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button