स्वास्थ्य

के कालो चस्माले आँखा पाक्ने रोग रोक्छ ?

नेपालमा हाल देशैभरीका अस्पतालमा आँखाका बिरामी बढेको छ । वीर अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ।

यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको अस्पतालका नेत्र रोग विशेषज्ञ डा। शङ्कर ठाकुर बताउछन् । त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सह प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाका अनुसार हाल सम्बन्धित विभागमा आउने बिरामीहरूमध्ये करिब ५० देखि ५५ प्रतिशतमा आँखा पाक्ने रोग देखिएको छ।

यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।अस्पताल आउने अधिकांश सेवाग्राही कालो चस्मा लगाएका आउँछन्। यद्यपि कालो चस्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन।

यसका दुई फरक महत्त्व छन्स् पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिनु।

रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button