यसकारण चाहिन्छ खानामा आयोडिन
यसकारण चाहिन्छ खानामा आयोडिन
गर्भवती महिलाले पर्याप्त आयोडिन सेवन नगर्दा गर्भपतन हुनसक्छ ।
बच्चा पेटमा हुँदा आमाले पर्याप्त आयोडिन सेवन गरेकी छैनन् भने समय पूरा भएर जन्मिएको बच्चाको पनि तत्काल मृत्यु हुन सक्छ ।
गर्भमा आयोडिन अभाव भएको बच्चा जन्मिएपछि सुस्त मनस्थितिको वा शारीरिक अपांगता भएको हुन सक्छ ।
बालबालिकामा पर्याप्त आयोडिन नभए पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने, मानसिक कमजोरीजस्ता समस्या निम्तिन सक्छ ।
वयष्कहरूको शरीरमा आयोडिनको कमी भए गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या उत्पन्न हुन्छ ।
पूरा मात्रामा आयोडिन सेवन गरेको छ भने थाइराइड ग्रन्थि सन्तुलनमा रहन्छ ।
नेपालको भिरालो भूबनोटका कारण यहाँ उत्पादन हुने खाद्यपदार्थबाट मानिसलाई पुग्ने आयोडिन पाउन सकिँदैन ।
शरीरमा आवश्यक आयोडिन लिन सरकारले जारी गरेको दुई बालबालिका चिह्नअंकित प्याकेटको नुन सेवन गर्नुपर्छ ।