समाचार

रोयल एनफिल्डको ‘हन्टर ३५०’ बाइक नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

रोयल एनफिल्ड कम्पनीले नेपालमा पनि ‘हन्टर ३५०’ बाइक सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित नाडा अटो सो-२०२३ मा यो स्टाइलिस मोटरसाइकललाई सार्वजनिक गरिएको हो ।

रोयल एनफिल्डले निर्माण गरेका अन्य मोटरसाइकलभन्दा निकै भिन्न रहेको हन्टर ३५० ले भारत र अन्तर्राष्ट्रियस्तरमा २० भन्दा धेरै अवार्ड प्राप्त गरेको छ । जसमा यसले इन्डियन मोटरसाइकल अफ दि इयर २०२३ र वेष्ट मोर्डन क्लासिक लाइटवेट मोटरसाइकल इन थाइल्यान्डजस्ता अर्वाडहरू पर्छन् ।

यो बाइक दुई भेरियन्टमा र ८ वटा रङमा उपलब्ध हुनेछन् । जसको मूल्य ४ लाख ५९ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ । हन्टर ३५० सन् २०२२ मा लन्च गरिएको सबैभन्दा लोकप्रिय मोटरसाइकल हो । गत वर्ष हन्टर ३५० लन्च भएदेखि संसारभरका २ लाखभन्दा धेरै राइडरले यसको प्रयोग गर्दै आएका छन् । हन्टर इन्डोनेसिया, जापान, कोरिया, थाइल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत, अर्जेन्टिना, कोलम्बिया, मेक्सिको, ब्राजिल, अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डमा उपलब्ध छ ।

नेपाली बजारमा रोयल एनफिल्डको महत्त्वबारे बोल्दै रोयल एनफिल्डका प्रमुख वाणिज्य अधिकृत यादविन्दर सिंह गुलेरियाले भनेका छन्, ‘सार्क क्षेत्रमा नेपाल हाम्रा लागि महत्त्वपूर्ण र रणनीतिक बजार हो । हामीले नेपालमा मोटरसाइकल संस्कृतिको पालनपोषण र विकास गर्ने ठूलो सम्भावना देखेका छौँ । हाम्रो सिकेडी सुविधाले भर्खरै सञ्चालन सुरु गरेको र नेपालमा हाम्रो खुद्रा उपस्थिति बढाउने प्रतिबद्धताका साथ हामी ग्राहकलाई रोयल एनफिल्डले ल्याएको मोटरसाइकलको अनुभव प्रदान गर्न सक्षम छौँ ।’

उनी थप भन्छन्, ‘हन्टर ३५० एक सुपर परिष्कृत मोटरसाइकल हो, सवारी गर्न एकदमै रमाइलो छ । हन्टर ३५० को नेपालमा लन्चले बजारलाई अझ फराकिलो बनाउँदै रोयल एनफिल्डमा थप नयाँ ग्राहक ल्याउनेछ ।’ उनले रोयल एनफिल्डका विभिन्न अवार्ड जितेका मोटरसाइकललाई नेपालमा ल्याएर नेपाली राइडरको मोटरसाइकलप्रतिको अनुभवलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धतासमेत जाहेर गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button