मनोरन्जनसमाचार

दीपक दीपाको सिनेमा हल आजदेखि सञ्चालनमा

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।

लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो।

हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन्।

उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नांगाे गाउँ’ र झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ लाग्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button