स्वास्थ्य

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन् घरेलु उपाय

के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ?

यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

-मह घाउमा लपक्क लगाउने

-बढी चिल्लो नखाने

-हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने

-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

-बदाम भिजाएर खाने

-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button