खेलकुदसमाचार

एसियाली खेलकुदको भव्य उद्घाटन, विश्वलाई चकित पार्ने प्रविधि र गतिविधि (तस्बिरहरु)

काठमाण्डौ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुभयाे । केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएकाे हाे । उद्घाटन समारोहका लागि हान्झाउलाई झकिझकाउ पार्नुका साथै त्यहाँको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतारेर प्रस्तुत गरिएको छ।

एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

Artist perform ahead of the opening ceremony of the 19th Asian Games in Hangzhou, China, Saturday, Sept. 23, 2023. (AP Photo/Eugene Hoshiko)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button