अन्तर्राष्ट्रिय

चर्चको छानो खस्दा सात जनाको मृत्यु, अझै ३० जना पुरिएकाे आशंका

मेक्सिकोमा एउटा चर्चको छानाे खस्दा सात जनाको मृत्यु भएको छ । भग्नावशेषमा अझै ३० जना फसेका हुनसक्ने बताइएको छ ।

केही बालबालिका पनि पुरिएको हुनसक्ने आशंका छ ।

मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ ।

तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खसेका बेला चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना मानिस उपस्थित रहेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button