समाचार

दाङमा ५५ वर्षीया महिला र प्युठानमा तीन वर्षे बालक मृत भेटिए

दाङ र प्युठानमा १/१ जना गरी २ जना मृत फेला परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ पश्चिम जमेरा बस्ने ५५ वर्षीया तुलसी चौधरी सोही ठाउँस्थित पानीको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घरबाट निस्केकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हाे ।

यस्तै प्युठान, झिमरुक गाउँपालिका-७ काभ्रेखोला बस्ने ३२ वर्षीया नारायणी केसी एमसीका छोरा ३ वर्ष २ महिनाको अप्रेल एमसी सोही ठाउँस्थित काभ्रेखोला भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button