रोचक

मःम डल्लो पार्न जान्नुहुन्न ? हेर्नुहोस् यस्ता छन् सजिला तरिका (भिडियो)

काठमाडौँ । मःम नेपालीहरुले निकै मन पराएको खाजाको परिकार हो । काठमाडौँको कुरा गर्ने हो भने सबैभन्दा धेरैको रोजाइमा पर्ने खाजाको परिकार हो भन्दा पनि फरक पर्दैन ।

ब्यस्तता र हतारमा हुनेहरूदेखि सजिलो र छिटो खोज्नेहरूका लागि त यो परिकार अति नै मन पर्छ । त्यसैले पनि होला रेष्टुरेन्टमा गएर मेनु पल्टाउँदा धेरै जसोको रोजाइको प्राथमिकतामा मःम नै पर्छ ।

मस्म त्यसमा प्रयोग गरिने किमा अनुसार बफ, भेज, चिकन, मटन, पोर्क, पनिर, खुवा, लगायतका बिभिन्न थरीका बनाउन सकिन्छ । झोल मःम, फ्राइ मःम, स्टीम मःम, सी मःम त्यसमा पनि तयार गर्ने तरिकाका अनुसार फरक फरक स्वाद र किसिमका बनाउन सकिन्छ।

अहिले त सहर बजार र रेष्टुरेन्टमा मात्र होइन मस्म लाई घरमै बनाएर पनि खान सकिन्छ । गाउँघर तिर पनि निकै रूचाइएको छ।

सबैलाई बजार निस्केर रेष्टुरेन्ट होटलमा गएर मःम खाने फुर्सद हुँदैन । सबै ठाउँको मःम बनाउने तरिका र किमा सुद्ध सफा पनि नहुन सक्छ त्यसैले घर मै राम्रो सफा ढङ्गले बनाएर खान सकिन्छ।

घरमा मःम बनाउँदा मैदाको पिठोलाई सानो-सानो रोटी आकारमा बेल्नुपर्छ र त्यसमा किमा भरेर डल्लो बनाउनुपर्छ । मःम पकाउने भाँडोमा थोरै तेल लगाएर राखेपछि मःम पकाउन सकिन्छ । मस्म को लागि किमा आफ्नो इच्छा अनुसार, तरकारी, चिकेन, खसी आदिको बनाउन सकिन्छ। माथि पनि उल्लेख गरिएको छ कि कस्तो खालको किमा प्रयोग गर्ने आफ्नो चाहना अनुसार किमा प्रयोग गर्न सक्नुहुन्छ।

घरमा मःम बनाउँदा रोटीमा किमा राखेर डल्लो पार्नको लागि धेरैलाई आउँदैन। थोरै मात्र ध्यान दिन सकियो भने मःम को डल्ला राम्रो आकारमा बनाउन सकिन्छ । यहाँ यस भिडियोमा मःम डल्लो पार्ने विभिन्न तरिका सिकाइएको छ । यो भिडियो हेरेर पनि तपाईँ सिक्न सक्नुहुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button