इजरायलमा हमासको आक्रमणबाट कुन देशका कति नागरिक मारिए ?
२७ असोज, काठमाडौं । गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् ।
२४ देशका नागरिक मारिएको पुष्टि भएको छ। सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् ।
जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको बताइएको छ ।
कुन देशका कति ?
अमेरिका : २७ जना
थाइल्याण्ड : २४ जना
फ्रान्स : १५ जना
नेपाल : १० जना
अर्जेन्टिना : ७ जना
युक्रेन : ७ जना
रुस : ४ जना
ब्रिटेन : ४ जना
चिली : ४ जना
अष्ट्रिया : ३ जना
बेलारुस : ३ जना
फिलिपिन्स : ३ जना
ब्राजिल : २ जना
पेरु : २ जना
रोमानिया : २ जना
अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विट्जरल्याड, कोलम्बिया र पाराग्वे : १/१ जना