समाचार

एडब्लक राख्ने प्रयोगकर्तालाई भिडिओ हेर्नै नदिने युट्युबको नयाँ नीति लागू

काठमाडौं । एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई बाँकी भिडिओ हर्नै नदिने युट्युबको नयाँ नीति लागू भएको छ ।

आम्दानी घट्दै गएपछि युट्युबले घोषणा गरेको एड ब्लकर प्रतिबन्ध लगाउने नीति अहिले अधिकांश ठाउँमा लागू भएको हो । नेपालमा पनि यो फिचर केही प्रयोगकर्तामा लागू भइसकेको छ ।

यदि तपाईंले ब्राउजरमा एडब्लकर प्रयोग गर्नु भएको छ भने भिडिओ प्ले हुँदा हुँदै बीचमा पपअप नोटिस देखिन्छ ।

उक्त नोटिसमा भिडिओ हेर्न एड ब्लकर डिसेबल गर्न भनिएको हुन्छ । अन्यथा विज्ञापन नहेर्ने भए युट्युब प्रिमियम प्रयोग गर्न भनिएको देखिन्छ । त्यसको तल एड ब्लकर डिसेबल गरेर युट्युब विज्ञापन इनेबल गर्ने वा प्रिमियम सब्स्क्रिप्सन लिनका लागि दुई ओटा बटन राखिएको देख्न सकिन्छ ।

युट्युबले यो नीति कहिलेबाट लागू भएको हो भन्ने कहीँ खुलाएको छैन । यसअघि परीक्षणमा रहेको यो नीति अन्तर्गतको नोटिस अहिले अधिकांश प्रयोगकर्तामाझ देखिन थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button