प्रधानमन्त्री प्रचण्डकै नाममा अझै पनि छ भेरिफाइड टिकटक आईडी, ९ हजार छन् फलोअर
काठमाडौं । सोमवार नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको समेत टिकटकमा भेरिफाइड आईडी छ । तर करिब पछिल्लो तीन महिना यता भने @cmprachandaofficial युजर नेम रहेको उक्त आईडी सक्रिय रहेको थिएन ।
कूल ३८ ओटा भिडिओ प्रकाशित अवस्थामा रहेको प्रधानमन्त्रीको उक्त आईडीमा जम्मा नौ हजार २ जना फलोअर रहेका छन् । ९ जनवरी २०२३ देखि सञ्चालनमा आएको प्रधानमन्त्रीको टिकटक भिडिओमा कूल लाइक सङ्ख्या पनि ८३ हजार मात्रै छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारका प्रधानमन्त्रीको उक्त प्लेटफर्ममा रहेको अकाउन्ट भने यो समाचार तयार पार्दासम्म डिलिट भइसकेको छैन ।