jg
समाचार

स्कुल बसका चालक र सहचालकले एउटै विद्यार्थी मन पराएपछि निम्तिएको ह,त्याका,ण्ड

झापा – झापा बाह्रदशी– ५ फूलवारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा रोचक पाइन्छ। विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरूको ‘क्राइम स्टोरी’ सुरु भएको देखिन्छ।

बाह्रदशी– ५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कञ्चनज्योति अंग्रेजी विद्यालय पढ्थिन्। त्यस स्कुल बसका चालक ९हाल मुनाका श्रीमान्० अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक। स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए।

हेर्दा राम्री र मानिससँग छिट्टै नजिकिने स्वभाव मुनाको थियो। दुवैले मन पराए पनि आखिर अशोकले बाजी मारे। उनले कक्षा ९ मा पुगेकी मुनासँग प्रेम विवाह गरे भने राजेश जिल परे। तर, राजेशसँग बोलचाल भइ नै रह्यो।

अशोक आफ्नो परिवारको लागि मरिमेट्दै गए। उनले मुना र आफ्ना पाँच वर्षका छोराको लागि बाह्रदशी– ६ सिमलवारीमा जग्गा किनेर घर बनाइदिए अनि आफू कमाउन साउदी अरब लागे। पाँच वर्षका नाबालक छोरासँग मुनालाई एकान्त घरमा बस्न गाह्रो हुन्छ भनेर उनका कान्छा देवर २० वर्षीय गुड्डु अर्थात गणेश भनिने राहुल राजवंशी रुँग्न आउन गर्थे।

जम्मा आठजना दाजुभाइमध्ये मुनाका श्रीमान् अशोक काइला हुन् भने गणेश सबैभन्दा कान्छो। घर रुँग्न आउने गरेका गणेशले भाउजुको मोबाइल चलाउने क्रममा राजेशसँग म्यासेन्जरमा कुराकानी भइरहेको थाहा पाए। उनले आफू मुना बनेर कुराकानी गर्न थाले। त्यसक्रममा उनीहरुबीचको सबै कुरा थाहा पाएछन्। उनले सप्रमाण देखाएर सोधपुछ गरेपछि मुना वास्तविकता बताउन बाध्य भइन्।

‘त्यहाँबाट इगो सुरुवात भएको देखिन्छ,’ अनुसन्धानको नेतृत्व गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले भने। विष्टका अनुसार इगो साँध्न राजेशका साथीसमेत रहेका गणेशले जेठ १५ गते राति करिब ११ः३० बजेतिर म्यासेन्जरमा कल गरी उनलाई बोलाएका रहेछन्।

कल आएपछि उनी करिब ३ किलोमिटर टाढा मुनाको घर आएका थिए। ‘राति ११ बजेतिर कल आएर राजेश घरबाट गएको उनका परिवारका सदस्यहरुले बताएका छन्,’ विष्टले भने,‘त्यो कल गणेशकै हुनुपर्छ।’ सोही दिनदेखि राजेश गायब भए।

त्यसको तीन दिनपछि राजेशका परिवारले आफ्नो छोरा बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए। हुलियासहित निवेदन परेपछि सोही दिनदेखि बिर्तामोड प्रहरीले खोजी सुरु गरेको थियो।

‘हामीले करिब एक महिनासम्म राजेशको खोजी गर्‍यौँ,’ डीएसपी विष्टले भने, ‘तर कुनै पनि क्लु फेला परेन।’ त्यसबेला बिर्तामोड प्रहरीका डीएसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक रमेश राईसहितको टोली खोजीमा लागेको थियो।

जब छिमेकी आशिष थापाका बुबाले मादकपदार्थ सेवन गरेका बेला राजेशलाई मारेको कुरा खुस्काए, त्यसपछि मात्र राजेश आफै बेपत्ता नभई बेपत्ता बनाएको प्रहरीले आशंका गर्‍यो। त्यसपछि गहन अनुसन्धान थालेको प्रहरीले सबैभन्दा पहिला मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीसँग सम्पर्क गरेको डीएसपी विष्टले बताए।

नरेशले आफ्ना काका समीर राजवंशीको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थाल्यो। हत्याकाण्डकी मुख्य पात्र मुनालाई प्रहरीले केरकार गर्दा सुरुमा इन्कार गरेकी उनले पछि सबै कुरा बताएपछि राजेशको हत्या नै भएको हो भन्ने निष्कर्षमा पुगे पनि प्रहरीलाई प्रमाण हात लागेको थिएन।

आरोपितहरुको बयानका आधारमा प्रहरीले मुनाको घर उत्खनन् गर्न थाल्यो। त्यसक्रममा राजेशको गन्जी, डोरी, सलको टुक्रा र दाउ फेला परेपछि प्रहरी उत्साहित बन्यो। तर, दुईदिनसम्म मुनाको घर आँगन खन्दासमेत राजेशको शव भेटिएन।

‘पहिलो दिन हामीले घरमा मेनुअली खन्न लगायौँ,’ डीएसपी विष्टले भने, ‘शव नभेटेपछि भोलिपल्ट जेसीबी लगाएर आँगन खनायौँ।’ आरोपितहरुले आफूहरुले किचनमा गाडेको भनेकोमा किचन खन्दा शव नभेटिएपछि फ्रेस माटो भएको आँगनमा खनेको डीएसपी विष्टले बताए। घरबाट शव उत्खनन् गरी बिरिङको बगरमा गाडेको सुइको पाएपछि प्रहरी टोलीले बिरिङको बगर खन्न थाल्यो।

जब चौथो दिन आरोपितहरु समीर र मुनालाई दुबई भागेका गणेशसँग फोनमा कुराकानी गर्न लगाएर शव गाडेको ठाउँबारे यकिन गर्न लगाएपछि प्रहरीलाई सफलता मिलेको थियो। हत्या भएपछि करिब ४ महिनापछि गत असोज २० गते साँझ राजेशको कंकाल भेटिएको हो।-निगरानी खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button