jg
समाचार

काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ ।

नेपाली सेनासहितको टोलीले खान तलासी सुरू गरेको हो । १५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो । भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म केही नदेखिएको भए पनि सर्च जारी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button